सुनको मूल्यमा आज पनि कीर्तिमानी, किन बढ्दैछ ?

काठमाडौं । पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार छापवाला सुन प्रतितोला १ लाख ६५ हजार ९०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।
सोमबार सुनको मूल्य १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९५ रुपैयाँ कायम हुँदा मंगलबार बढेर २ हजार १०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
दशैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को रेकर्ड बनिरहेको छ । अन्तराष्ट्रिय बजारमाआज सुनको मूल्य प्रतिऔंस ०.३८ प्रतिशत अर्थात १०.४२ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७३१ डलर कायम भएको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग उच्च दरले बढ्दा मूल्य समेत बढिरहेको छ ।