मंगलबार सुनको असर्फी बिक्री गर्दै राष्ट्र बैंक, यस्तो छ चाँदीका सिक्का र मेडालियन नयाँ मूल्य सूची « Arthapath.com
९ कार्तिक २०८१, शुक्रबार

मंगलबार सुनको असर्फी बिक्री गर्दै राष्ट्र बैंक, यस्तो छ चाँदीका सिक्का र मेडालियन नयाँ मूल्य सूची



काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका सिक्का तथा मेडालियन बिक्री गर्ने भएको छ ।

तिहार पर्वका अवसरमा सर्वसाधारणको लागि सुनको असर्फी र चाँदीका सिक्का तथा मेडालियन गर्न लागेको हो । आगामी मंगलबार (कात्तिक १३ गते) एक दिनमात्रै सुनको असर्फी बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार सुनको असर्फी २.५ ग्राम प्रति व्यक्ति एक थानका दरले पहिला आउनेलाई पहिलो प्राथमिकता दिने जनाएको छ ।

आगामी मंगलबार बिहान ११ बजे देखि मौज्दात कायम रहेमा मध्यान्ह ४ बजेसम्म बिक्री गरिने भएको हो ।

चाँदीको स्मारिका तथा मेडालियन कार्तिक ११ गते देखि १४ गतेसम्म बिक्री गरिने भएको छ । प्रति व्यक्ति बढीमा पाँच थानसम्म दिने बताइएको छ ।

यस्तै, गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

समरक-सकक-तथ-मडलयनक-नय-बकर-मलय-कयम-गरएक-सचन


प्रतिक्रिया दिनुहोस्