सुनचाँदीको मूल्यमा गिरागट, आज कतिमा हुँदैछ किनबेच ? « Arthapath.com
१२ कार्तिक २०८१, सोमबार

सुनचाँदीको मूल्यमा गिरागट, आज कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । सुनको भाउ केही सस्तिएको छ । आइतबार कीर्तिमानी रेकर्ड कायम गरेको छापावाला सुनको मूल्य आज घटेको छ ।

आइतबार १ लाख ६७ हजार ४०० रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो । तर, आज भने तोलामा ४०० रुपैयाँ घटेर १ लाख ५७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको भाउ पनि सस्तिएको छ । आज चाँदी तोलामा २० रुपैयाँ घटेर २ हजार ६५ रुपैयाँ कायम भएको छ । आइतबार भने २ हजार ८५ हजार रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्