डलरको भाउ लगातार स्थिर, आज कुन विदेशी मुद्राको मूल्य कति ? « Arthapath.com
१६ कार्तिक २०८१, शुक्रबार

डलरको भाउ लगातार स्थिर, आज कुन विदेशी मुद्राको मूल्य कति ?



काठमाडौं । आज अर्थात् कात्तिक १६ गते शुुक्रबार अमेरिकी डलरको मूल्य स्थिर छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा छ ।

यता, खरिददर भने १३४ रुपैयाँ २३ पैसा तोकिएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो दिन अर्थात् बिहीबार पनि सोही भाउ कायम भएको थियो । यद्यपि, गत मंगलबारदेखि नै डलर भाउ स्थिर छ।

यस्तै, आज एक युरोको बिक्रीदर १४६ रुपैयाँ ४७ पैसा र खरिददर १४५ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

यता, बेलायती पाउन्ड एकको बिक्रीदर १७५ रुपैयाँ ०४ पैसा, खरिददर १७४ रुपैयाँ २६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८२ पैसा र जापानिज येनको बिक्रीदर ८ रुपैयाँ ८३ पैसा र खरिददर ८ रुपैयाँ ७९ पैसा तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्