कीर्तिमानी उचाईमा डलरको भाउ, आज कुन देशको मुद्राको विनिमय दर कति ? « Arthapath.com
२० कार्तिक २०८१, मंगलवार

कीर्तिमानी उचाईमा डलरको भाउ, आज कुन देशको मुद्राको विनिमय दर कति ?



काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउले नयाँ कीर्तिमानी रेकर्ड बनाएको छ । आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ अर्थात् बिक्रीदर १३४ रुपैयाँ ८९ पैसा पुगेको छ । यता, खरिददर १३४ रुपैयाँ २९ पैसा छ कायम भएको छ ।

जुन अहिलेसम्मकै उच्च भाउ हो । यसअघि डलरको बिक्रीदरर १३४ रुपैयाँ ८४ पैसा पुगेको थियो । सो रेकर्ड आज पुनः तोडिएको छ ।

राष्ट्र बैंकका अनुसार मंगलबारका लागि एक युरोको बिक्रीदर १४७ रुपैयाँ ०५ पैसा र खरिददर १४६ रुपैयाँ ४० पैसा कायम भएको छ ।

यस्तै, बेलायती पाउन्ड एकको बिक्रीदर १७४ रुपैयाँ ८५ पैसा र खरिद दर १७४ रुपैयाँ ०७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९६ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्