प्रतितोला ४ हजार रुपैयाँ सस्तियो सुनको भाउ, चाँदीको पनि घट्यो « Arthapath.com
२२ कार्तिक २०८१, बिहीबार

प्रतितोला ४ हजार रुपैयाँ सस्तियो सुनको भाउ, चाँदीको पनि घट्यो



काठमाडौं । सुनको भाउ ह्वात्तै घटेको छ । बिहीबार छापावाला सुनको भाउ तोलामा ४ हजार रुपैयाँ सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार १ लाख ६८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने एकैदित ४ हजार रुपैयाँ घटेर १ लाख ६४ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको भाउ पनि २ हजार बिन्दुबाट तल झरेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँ घटेर १ हजार ९६० रुपैयाँ कायम भएको छ । यसअघि भने चाँदी २ हजार १५ रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्