तोलामै २४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । मंगलबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य दुई हजार ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो तीन कारोबार दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट भएको छ ।
यस दिन चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९२५ रुपैयाँ खरिदबिक्री भइरहेको छ ।