सस्तियो सुन, महँगियो चाँदी

काठमाडौं । सुनको भाउ सस्तिएको छ । साताको चौंथो कारोबार छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको हो ।
मंगलबार १ लाख ६२ हजार ६०० रुपैयाँमा खरिबिक्री भएको थियो । तर, आज भने घटेर १ लाख ६२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आजका लागि चाँदीको भाउ भने वृद्धि भएको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर १ हजार ९४० रुपैयाँ पुगेको छ । मंगलबार भने १ हजार ९२५ रुपैयाँमा किनबेच भएको थियो ।