आज सुन किन्नेलाई फाइदा, प्रतितोला कति सस्तियो ? « Arthapath.com
२९ कार्तिक २०८१, बिहीबार

आज सुन किन्नेलाई फाइदा, प्रतितोला कति सस्तियो ?



काठमाडौं । सुनको भाउ ह्वात्तै सस्तिएको छ । बिहीबार छापावाला सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँ घटेको हो ।

बुधवार १ लाख ६२ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज घटेर १ लाख ६० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार पनि तोलामा ४०० रुपैयाँ घटेको थियो । गत मंगलबार नेपाली बजारमा सुनको भाउ १ लाख ६२ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, साताको पाँचौं कारोबार दिन चाँदीको भाउ पनि सस्तिएको छ । आज चाँदी तोलामा ३५ रुपैयाँ घटेर १ हजार ९०५ रुपैयाँ कायम भएको छ । बुधवार भने १ हजार ९४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्