सुनको मूल्यमा सामान्य बढोत्तरी, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । शुक्रबार छापावाला सुनको भाउ तोलामा १०० रुपैयाँ वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा १ लाख ६० हजार रुपैयाँ तोकिएको थियो । तर, आज सामान्य बढेर १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको छ । गत आइतबारदेखि लगातर घटेको थियो ।
महासंघका अनुसार आजका लागि चाँदीको भाउ तोलामा १ हजार ९१० रुपैयाँ तोकिएको छ । यो हिजोको तुलनामा ५ रुपैयाँ वृद्धि भएको हो ।