बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
३ मंसिर २०८१, सोमबार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार १०० रुपैयाँले घटेको सुनको मूल्य आज एक हजार रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार बजारमा छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस दिन चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार ९०५ रुपैयाँ खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्