सौखिन नेपाली : विदेश घुमफिरमा तीन महिनामै खर्चिए साढे २३ अर्ब « Arthapath.com
४ मंसिर २०८१, मंगलवार

सौखिन नेपाली : विदेश घुमफिरमा तीन महिनामै खर्चिए साढे २३ अर्ब



काठमाडौं । विदेश भ्रमणका लागि नेपालीहरू सौखिन देखिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्च बढी रहेको छ

विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको तुलनामा नेपालीले विदेश घुमफिरमा धेरै खर्च गर्ने गरेको पाइएको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भ्रमण व्यय ५५ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । जसमध्ये शिक्षामा ३२ अर्ब १८ करोड रुपैयाँ विदेशिएको हो । बाँकी २३ अर्ब ६० करोड रुपैयाँ नेपालीले घुमफिर प्रयोजनमा विदेशमा खर्च गरेका छन् ।

जबकी यो अवधिमा भ्रमण आयस्वरूप १७ अर्ब ७२ करोड रुपैयाँ नेपाल भित्रिएको छ । यो विदेशी नागरिकले नेपालमा गरेको खर्चको तुलनामा नेपालीले विदेश भ्रमणमा ५ अर्ब ८८ करोड बढी खर्च गरेको देखिन्छ । अघिल्लो आर्थिक वर्षको तीन महिनामा भ्रमण आय १७ अर्ब १३ करोड थियो ।

गत आर्थिक वर्षको तुलनामा यस वर्ष भ्रमण व्यय भने उकालो लागेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म भ्रमण व्यय ५१ अर्ब ८० करोड थियो २३ अर्ब ६० करोड रुपैयाँ थियो । जसमध्ये शिक्षामा ३२ अर्ब ९२ करोड विदेशिएको थियो । शिक्षामा विदेशिने रकम अघिल्लो आवको तुलनामा केही घटेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्