आज कुन मुद्राको सटही दर कति छ ?

काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आजका लागि एक अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ३७ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकका भने खरिददर १३४ रुपैयाँ ७७ पैसा तोकिएको छ ।
यस्तै, एक युरोको बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा र खरिददर १४२ रुपैयाँ १५ पैसा रहेको छ । बेलायती पाउन्ड एकको बिक्रीदर १७१ रुपैयाँ ३० पैसा र खरिददर १७० रुपैयाँ ५४
राष्ट्र बैंकका अनुसार जापानिज येनको बिक्रीदर ८ रुपैयाँ ७९ पैसा र खरिददर ८ रुपैयाँ ६५ पैसा छ ।
उक्त दिनका लागि अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३० पैसा र बिक्रीदर ९६ रुपैयाँ ७२ पैसा कायम भएको छ ।