४ महिनामा साढे ५ खर्बको वैदेशिक व्यापार : आयात र निर्यात दुवै बढ्यो « Arthapath.com
७ मंसिर २०८१, शुक्रबार

४ महिनामा साढे ५ खर्बको वैदेशिक व्यापार : आयात र निर्यात दुवै बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार बढेको छ। कात्तिक मसान्तमा आइपुग्दा कम्पनीको वैदेशिक व्यापार ०.१७ प्रतिशतले बढेको हो । भन्सार विभागका अनुसार सो अवधिसम्म ५ खर्ब ६६ अर्ब ५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपालको व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।

कात्तिक मसान्तसम्म ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँको वस्तु आयात भएको छ। गत वर्षको कात्तिक महिनामा पाँच खर्ब १२ अर्ब रूपैयाँको आयात भएको थियो।

आयात मात्रै होइन निर्यात पनि बढेको तथ्यांकले देखाएको छ। कात्तिकसम्म ४.१६ प्रतिशतको वृद्धिदर देखिएको छ। कात्तिकसम्म ५२ अर्ब ६७ करोड ७ लाख रूपैयाँको निर्यात भएको छ। तर, गत वर्ष कात्तिकसम्म ५० अर्ब ५६ करोडको निर्यात भएको थियो ।

साउनदेखि कात्तिकसम्म भएको १४२ देशसँग भएको वैदेशिक व्यापारमा २९ देशसँग मात्र नेपालको व्यापार नाफामा रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ। बाँकी ११३ देशसँग नेपालले ठूलो व्यापार घाटा व्यहोरेको छ ।

यस अवधिमा नेपालले ३४ देशबाट आयात मात्र गरेको छ अर्थात् निर्यात गर्न सकेको छैन। यस्तै, १० देशमा भने निर्यात मात्र गरेको छ ।प्रतिशतले कम हो । अघिल्लो वर्षको यसै अवधिमा ६७ अर्ब ३० करोडको वस्तु निर्यात भएको थियो।


प्रतिक्रिया दिनुहोस्