तोलामै २६ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
११ मंसिर २०८१, मंगलवार

तोलामै २६ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार पनि सुनको मूल्य ओरालो लागेको छ । मंगलबार फेरि २ हजार ६ सय रुपैयाँ घटेको हो । सोमबार पनि सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको थियो ।

आज सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८४५ रुपैयाँ रहेको चाँदी यस दिन १ हजार ८२० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्