फेरि बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ? « Arthapath.com
२० मंसिर २०८१, बिहीबार

फेरि बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । बिहीबार सुनको भाउ वृद्धि भएको छ । आज छापावाला सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार १ लाख ५० हजार ४०० रुपैयाँ खरिदबिक्री भएको थियो । तर, आजका लागि भने १ लाख ५० हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

साताको पाँचौ कारोबार दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ ।आज चाँदी तोलामा १५ रुपैयाँ बढेर १ हजार ८८० रुपैयाँ कायम भएको छ । बुधवार भने १ हजार ८६५ रुपैयाँ खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्