फेरि सस्तियो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ सस्तिएको छ । आज छापावाला सुनको भाउ तोलामा ६०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि १ लाख ५० हजार १०० रुपैयाँ तोकिएको छ । बिहीबार भने १ लाख ५० हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य भने वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँ बढेर १ हजार ८९० रुपैयाँ कायम भएको छ । बिहीबार भने १ हजार ८८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।