फेरि सस्तियो सुनचाँदीको भाउ, प्रतितोला कति घट्यो ?

काठमाडौं । आइतबार सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ १ लाख ४९ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात गत शुक्रबार भने १ लाख ५० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
साताको पहिलो कारोबार दिन चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ । योसँगै आजका लागि १ हजार ८१५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । गत शुक्रबार भने चाँदी १ हजार ८४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।