एकैदिन प्रतितोला २१ सय रुपैयाँ महँगियो सुन

काठमाडौं । सुनको मूल्य ह्वात्तै वृद्धि भएको छ । आज एकैदिन तोलामा २१ सय रुपैयाँ महँगिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ बढेर लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार भने १ लाख ५० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामै ६० रुपैयाँ वृद्धि भई १ हजार ९२५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी १ हजार ८६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।