दुई दिनमै ४ हजार महँगियो सुन, प्रतितोला कति पुग्यो ?

काठमाडौं । सुनको भाउ लगातार वृद्धि भएको छ । बुधवार एकैदिन तोलामा २०० रुपैयाँ वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारका आजका लागि छापावाला सुनको भाउ १ लाख ५४ हजार २०० रुपैयाँ पुगेको छ।
मंगलबार मात्रै १ लाख ५२ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो दुई दिनमै सुनको मूल्य ४ हजार १०० रुपैयाँ महँगिएको हो ।
गत सोमबार १ लाख ५० हजार १०० रुपैयाँ र गत आइतबार १ लाख ४९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
साताको चौंथो कारोबार दिन चाँदीको भाउ भने स्थिर छ । मंगलबार चाँदी १ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।