तोलामा २२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य २२०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर घटेर १ हजार ८४० रुपैयाँ कायम भएको हो ।