तीन दिनमै ३८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१ पुष २०८१, सोमबार

तीन दिनमै ३८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको सुनको मूल्य प्रतितोला २२०० रुपैयाँले घटेर एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेको ।

यसरी हेर्दा ३ दिनमक सुनको मूल्य ३ हजार ८०० रुपैयाँले घटेको छ ।

आज चाँदीको मूल्य स्थिर छ । आज चाँदीको कारोबार आईतबार कायम मूल्यलाई नै आधार मानेर हुने भएको हो । चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्