सामान्य बढ्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर « Arthapath.com
२ पुष २०८१, मंगलवार

सामान्य बढ्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर



काठमाडौं । मंगलबार सुनको भाउ वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको छ । सोमबार १ लाख ५१ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । सोमबार १ हजार ८४० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्