फेरि सस्तियो सुनको भाउ, चाँदी पनि घट्यो « Arthapath.com
३ पुष २०८१, बुधबार

फेरि सस्तियो सुनको भाउ, चाँदी पनि घट्यो



काठमाडौं । साताको चौंथो कारोबार दिन सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ७०० रुपैयाँ घटेको हो ।

मंगलबार प्रतितोला १ लाख ५१ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज घटेर १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि चाँदीको भाउ भने १ हजार ८३५ रुपैयाँ तोकिएको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ सस्तो हो ।


प्रतिक्रिया दिनुहोस्