सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ महँगिएको छ । आइतबार छापावाला सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँ वृद्धि भएको हो ।
अघिल्लो दिन अर्थात् गत शुक्रबार नेपाली बजारमा सुन १ लाख ४८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने बढेर १ लाख ४९ हजार६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ वृद्धि भएको छ । गत शुक्रबार १ हजार ७६० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, बढेर १ हजार ७९० रुपैयाँ कायम भएको छ ।