आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । सोमबार सुनको भाउ स्थिर रहेको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
तर, आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर नै छ । आइतबार १ हजार ७९५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ।