घट्यो सुनको भाउ, चाँदी भने बढ्यो « Arthapath.com
१० पुष २०८१, बुधबार

घट्यो सुनको भाउ, चाँदी भने बढ्यो



काठमाडौं । साताको चौंथो कारोबार दिन सुनको भाउ घटेको छ । बुधवार छापावाला सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ १ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार भने १ लाख ४९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर १ हजार ८०० रुपैयाँ कायम भएको छ । मंगलबार नेपाली बजारमा चाँदी १ हजार ७९५ रुपैयाँ खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्