घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ घटेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ६०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्थात् पुस १४ गते १ लाख ५० हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने घटेर १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १ हजार ७९० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज घटेर १ हजार ७६५ रुपैयाँ कायम भएको छ ।