फेरि महँगियो सुन, चाँदीको भाउ भने स्थिर

काठमाडौं । बुधवार सुनको भाउ थप महँगिएको छ । आज छापावाला सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने बढेर १ लाख ५१ हजार रुपैयाँ निर्धारण गरेको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको भाउ भने स्थिर छ । अघिल्लो दिन चाँदी १ हजार ७६५ रुपैयाँमा किनबेच भएको थियो । तर, आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।