बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ वृद्धि भएको छ ।
अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख ५४ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने बढेर १ लाख ५५ हजार ७०० रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ वृद्धि भएको छ । गत शुक्रबार १ हजार ८४५ रुपैयाँमा किनबेच भएको थियो । तर, आज बढेर १ हजार ८६० रुपैयाँ कायम भएको छ ।