आज कति छ सुनचाँदीको भाउ ? « Arthapath.com
७ माघ २०८१, सोमबार

आज कति छ सुनचाँदीको भाउ ?



काठमाडौं । सुनको भाउ सामान्य घटेको छ । सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ । तर, आइतबार भने १ लाख ५७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

साताको दोस्रो कारोबार दिन चाँदीको भाउ भने स्थिर छ । आइतबार चाँदी १ हजार ८६० रुपैयाँमा खरिदबिक्री भएको थियो । आजका लागि पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्