घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सुनको मूल्य घटेको छ । केही दिन लगातार उकालो लागेको सुनको भाउ बिहीबार भने तोलामा ४०० रुपैयाँ घटेको छ ।
साताको पाँचौं कारोबार दिन छापावाला सुनको भाउ १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधवार भने १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको भाउ पनि घटेको छ । प्रतितोला २० रुपैयाँ घटेर १ हजार ८७५ रुपैयाँ कायम भएको छ ।