फेरि उकालो लाग्यो सुनचाँदीको भाउ, आज कति छ कारोबार मूल्य ? « Arthapath.com
११ माघ २०८१, शुक्रबार

फेरि उकालो लाग्यो सुनचाँदीको भाउ, आज कति छ कारोबार मूल्य ?



काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ हजार रुपैयाँ वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ५९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने बढेर १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छ ।

साताको अन्तिम कारोबार दिन चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ वृद्धि भएको छ । बिहीबार १ हजार ८७५ रुपैयाँमा किनबेच भएको थियो । तर, आज बढेर १ हजार ८८० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्