सस्तियो सुनचाँदीको भाउ, आजको कारोबार मूल्य कति ? « Arthapath.com
१३ माघ २०८१, आईतवार

सस्तियो सुनचाँदीको भाउ, आजको कारोबार मूल्य कति ?



काठमाडौं । आइतबार सुनको भाउ सस्तिएको छ । साताको पहिलो कारोबार दिन छापावाला सुन प्रतितोला २०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार १ लाख ६० हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज घटेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन चाँदी मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १ हजार ८८० रुपैयाँ किनबेच भएको थियो । तर, आजका लागि भने १ हजार ८६५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्