सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ किनबेच ? « Arthapath.com
१४ माघ २०८१, सोमबार

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । सोमबार सुनको भाउ सस्तिएको छ । आज छापावाला सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको छ । आइतबार भने १ लाख ६० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

साताको दोस्रो कारोबार दिन चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेको छ । आइतबार १ हजार ८६५ रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज घटेर १ हजार ८५० रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया दिनुहोस्