फेरि बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं । सुनको भाउ थप महँगिएको छ । बुधवार छापावाला सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ५९ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज थप बढेर १ लाख ६० हजार ६०० रुपैयाँ पुगेको छ ।
साताको चौथो कारोबार दिन चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेर १ हजार ८५५ रुपैयाँ पुगेको छ । हिजो अर्थात् मंगलबार १ हजार ८३५ रुपैयाँ खरिदबिक्री भएको थियो ।