तोलामा २३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा बढेर १ लाख ६२ हजार ८ सय पुगेको छ । बिहीबार यसको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रति तोला ३० रुपैयाँले बढेर १ हजार ९१५ रुपैयाँ पुगेको छ । बिहीबार यो मूल्य १ हजार ८८५ रुपैयाँ रहेको थियो ।