निरन्तर उकालो लाग्दै सुनको मूल्य, तोलाकै १ लाख ७१ हजार पुग्यो « Arthapath.com
८ फाल्गुन २०८१, बिहीबार

निरन्तर उकालो लाग्दै सुनको मूल्य, तोलाकै १ लाख ७१ हजार पुग्यो



काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

यससँगै सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ । यो मूल्य यसअघि कात्तिक १५ गते बनेको सुनको मूल्यको रेकर्डसँग बराबरी हो । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ कायम थियो ।

पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्