घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ? « Arthapath.com
२५ असार २०८२, बुधबार

घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । मंगलबार सुनको भाउ थप घटेको छ । आज छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको भाउ १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको थियो । तर, आज घटेर १ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि चाँदीको भाउ भने १ हजार ९७० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्