आज कति छ सुनचाँदीको भाउ ? « Arthapath.com
४ चैत्र २०८१, सोमबार

आज कति छ सुनचाँदीको भाउ ?



काठमाडौं । सोमबार सुनको भाउ स्थिर छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । आज पनि सोही मूल्यमा किनबेच हुने महासंघले जनाएको छ ।

साताको दोस्रो कारोबार दिन चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँ घटेर २ हजार ४० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आइतबार भने २ हजार ४५ रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्