सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१० चैत्र २०८१, आईतवार

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको हो ।

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्