बढ्यो रायो सागको मूल्य, किलोको कति

काठमाडौं । नेपालि बजारमा रायो सागको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्य सूची अनुसार आज रायो सागको मूल्य बढेको छ ।
बिहीबार कालीमाटी बजारमा रायो सागको प्रतिकिलो ९० रुपैयाँदेखि औसत ८५ रुपैयाँसम्म तोकिएको छ । बुधबार भने रायोसाग प्रतिकिलो ७५ रुपैयाँमा कारोबार भएको थियो । आज रायो सागको मूल्य १० रुपैयाँले बढेको हो । एक साताअघि कालीमाटी बजारमा रायोको प्रतिकिलो ४० देखि ४५ रुपैयाँमा बिक्री भइरहेको थियो ।
यस्तै बजारमा पालुंगो साग, चम्सुर साग र मेथीको साग प्रतिकिलो ७५ रुपैयाँमा कारोबार भइरहेको छ । तोरी सागको मूल्य भने प्रतिकिलो ४५ रुपैयाँ कायम छ । व्यवसायीका अनुसार अहिले बजारमा रायोसागको आपूर्ति कम भएकाले मूल्य बढेको हो । रायो सागको सिजन सकिन लागेकोले थोरै मात्रामा रायो साग बजारमा भित्रिएको कालिमाटि बजारका व्यवसायीहरू बताउँछन् ।