सिताके च्याउको बढ्यो मूल्य, पुग्यो किलोको एक हजार « Arthapath.com
१९ चैत्र २०८१, मंगलवार

सिताके च्याउको बढ्यो मूल्य, पुग्यो किलोको एक हजार



काठमाडौँ । मंगलबार च्याउकाे मूल्य बढेकाे छ ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेकाे मूल्य अनुसार आज सिताके च्याउकाे मूल्य प्रतिकेजी १०० रूपैयाँले बढेकाे छ ।

आज सिताके च्याउ प्रतिकेजी अधिकतम १००० रूपैयाँ र न्यूनतम ८०० रूपैयाँ कायम भएकाे छ । साेमबार सिताके च्याउप्रतिकेजी अधिकतम ९०० रूपैयाँ र न्यूनतम ८०० रूपैयाँ ताेकिएकाे थियाे ।

आज डल्ले च्याउकाे मूल्य पनि बढेकाे छ । हिजाे २७६.६७ रूपैयाँ रहेकाे डल्ले च्याउकाे मूल्य मंगलबार थाेक प्रतिकेजी ३०३.३३ रूपैयाँमा बिक्रि भइरहेकाे छ । त्सस्तै आज कन्ने च्याउ प्रतिकेजी १३५ रूपैयाँ र राजा च्याउ प्रतिकेजी २९० रुपैयाँमा बिक्रि भइरहेको छ ।

यस्तै भारतीय ठूलो गोलभेडा साेमबार अधिकतम ४० रुपैयाँमा बिक्रि भएको थियो भने मंगलबार १० रुपैयाँले बढेर न्यूनतम ४० देखी अधिकतम ५० रुपैयाँसम्म खरिद भइरहेको छ ।त्यस्तै रातो आलु न्यूनतम ३० देखी अधिकतम ३४, भारतीय सुकेको प्याज न्यूनतम ४८ देखी अधिकतम ५०, रातो मुला न्यूनतम ४० देखी अधिकतम ५०, रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै डल्लो भान्टा न्यूनतम ४० देखी अधिकतम ५०, मटरकोसा न्यूनतम ६० देखी ७०, टाटे सिमी न्यूनतम ६० देखी ७०, तितेकरेला न्यूनतम ९० देखी १००,रायो साग न्यूनतम ६० देखी ७०, पिंडालू न्यूनतम ८० देखी अधिकतम ९० तोरीको साग न्यूनतम ५० देखी अधिकतम ६० हरियो प्याज न्यूनतम ४० देखी अधिकतम ५०,रुपैयाँमा किनबेच भइरहेको छ ।


त्यस्तै इमिली न्यूनतम १६० देखी अधिकतम १७०, केरा न्यूनतम १४० देखी अधिकतम १६०, कागती न्यूनतम २४० देखी अधिकतम २५०, अनार न्यूनतम ३०० देखी अधिकतम ३५०,भारतीय सुन्तला न्यूनतम २२० देखी २५०,चाइनिज नासपती न्यूनतम २४० देखी अधिकतम २६०, किवी न्यूनतम ४०० देखी अधिकतम ४५० रुपैयाँमा किनबेच भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्