लगातार ओरालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । पछिल्लो केहीदिन यता सुनको मूल्य लगातार घटिरहेको छ । मंगलबार पनि सुनको मूल्य सामान्य घटेको छ ।
आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो।