प्रतितोला २ हजार रुपैयाँ महँगियो सुन, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको भाउ वृद्धि भएको छ । बुधवार छापावाला सुनको भाउ प्रतितोला २ हजार रुपैयाँ वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको छ । मंगलबार भने १ लाख ७३ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
साताको चौंथो कारोबार दिन चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ वृद्धि भएको छ । आज चाँदी १ हजार ८३५ रुपैयाँ कायम भएको छ । मंगलबार भने नेपाली बजारमा १ हजार ८३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।