तोलामै ४६०० ले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१८ बैशाख २०८२, बिहीबार

तोलामै ४६०० ले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । यस दिन सुन प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घटेर एक हजार ९१५ रुपैयाँमा किनबेच भएको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँ खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्