अर्थमन्त्री पौडेलले भने ‘बजेटकाे विनियाेजन र खर्चकाे खाडल पुर्न सहयाेग गर्नुहाेस्’

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले विनियोजन र खर्चबीचको खाडल यस वर्ष पुर्ने प्रयासमा आफू रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार काठमाडौंमा आयोजना गरेको प्रिबजेट छलफलमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री पौडेलले सरकार विनियोजन र खर्चबीचको खाडल पुर्न लागी परेकाे बताएका हुन् ।
छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले भने, ‘विनियोजन र खर्चका बीचको खाडल हामीले नै खनेका हौं, यस वर्ष अर्थमन्त्री यो खाडल पुर्न चाहन्छ, सबैले साथ दिनुहोस।’
यस वर्ष बजेटमा ७ हजार आयोजनामा ११ हजार आयोजना थपिएकोमा व्यङ्ग्यसमेत गरे। संविधानको सीमाभित्र सबै बस्ने हो भने विनियोजनमा विकृति नहुने उनको भनाइ छ।
अनुमान गरेभन्दा बाहिरबाट स्रोत सिर्जना हुँदा चालु खर्च बढ्ने गरेको उनले बताए। यस वर्ष अदालतको आदेश, शिक्षकका माग पूरा गर्दा दायित्व थप भएको उनको भनाइ छ।