तोलामा २ हजारले घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो

काठमाडौं । मंगलबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय कायम थियो ।
आज चाँदीको भाउ भने बढेको छ । चाँदी १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।