बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतोतोला ६०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी स्थिर छ । चाँदीको मूल्य आज दोस्रो दिन स्थिर भएको हो । गत शुक्रबार कायम मूल्य लाई नै आधार मानेर चाँदी खरिदबिक्री भएको हो । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्