सांगीतिक कार्यक्रमसहित धनगढीमा लन्च हुँदै ‘पल्सर एन१२५’

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले धनगढीमा पल्सर एन१२५ को बहुप्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्दैछ।
बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ, र यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर एन१२५ को लन्च संगीतमय साँझ मार्फत गरिँदै छ।
जेठ १२ गते साँझ ६:३० बजेदेखि खुल्ला मंच, नैनदेवी रोड, धनगढीमा हुन गईरहेको यस कार्यक्रममा प्रवेश निशुल्क हुने भएकाे छ। कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र चक्र बमको लाइभ प्रस्तुति रहने छ भने कार्यक्रमको संचालन एम्सी अनु मानन्धरले गर्ने छन् ।
कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन१२५ हो, जसमा १२४.५८सिसि एयर-कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८.८२ किलोवाट पावर र ११ नानोमिटर टर्क उत्पादन गर्दछ। यो १२५सीसी सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।
हंसराज हुलासचन्द एण्ड कम्पनीका मार्केटिङ प्रमुख अमितराज चालिसेले भने ”एन१२५ लाई धनगढीमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ” बताएका छन्।